Nepal's First Video FM

केपीओली संविधान र गणतन्त्र मन नपराउनेहरुको गोटी बने: प्रचण्ड

610

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको आरोप लगाएको छ।

१ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट बिकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमतको अपमान गरेको प्रचण्डको सचिवालयको भनाइ छ।

संविधानको धज्जि उडाउँदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन्, सचिवालयको नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, नेपाली जनता धेरै सचेत भइसकेका छन् हिसाब राम्रै सँग राख्नेछन् ! संपूर्ण गणतन्त्र पक्षधरहरुले आ–आफनो ठाउँबाट प्रतिवाद गरौं!!’

You might also like

Comments are closed.