Nepal's First Video FM

सदन थारो गाइ जस्तै भएको थियो, कुकुर भुक्दै छ हात्ती लम्मकदै गर्छ : महेश बस्नेत

369

काठमाडौं । राजनीतिक निकास दिन नसकेका कारण संसद विघटन गरिएको एमाले नेता महेश बस्नेतले बताएका छन् । उनले विघटित संसदलाई ‘थारो गाई’को संज्ञा दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन निकाश दिन नसक्ने, बैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाइ जस्तै भएको थियो। यस्को बिकल्प नयाँ जनमत बाट बन्ने नयाँ सदननै हो। यो रहँदा सम्म दलहरुको बीचमा अन्तरबिरोध बडने, आपसि द्वन्द बडने, अनेक बिकृति र बिसंगति बडने अबस्था रहिरहने स्थिति थियो।

सरकरले गत पौष ५ गते गरिएको संसद बिगठन सरबोच्च अदालतको फाल्गुण ११ गतेको फैसलाले अन्य बिकल्पको खोजि गर्ने म्यान्डेट दिएकोले संबिधानको धारा ६७ का सबै अभ्यास गरियो।
हिजोको धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखियो। पार्टी फोर्ने, बिधि पद्दति उलघ्ंन गर्ने, गराउने।सत्ता लिप्साको लगी किर्ते हस्ताक्षर गराउने जस्ता अपराधिक हर्कत समेत देखियो।

यो परिबेसमा सरकरले संसद बिगठन गरी कार्तिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको कर्तब्य हो।

केही जनमत गुमेका, ज्न्तामा नगएका र आगामी निर्बाचनमा हरिने डर भएका, अनि बौद्धिक खेति गरेर जीबिकोपार्जन गरिरहेका, र डलर खेति गर्नेहरुले यस्को बिरोध गरिरनेछन । महादेबले सतिदेबिको लास बोकेर हिडेको जस्तो बिगठित संसद बोकेर हिडिरहने छ्न्।

काग गराउदै गर्छ पिना सुक्दै गर्छ्। कुकुर भुक्दै छ हात्ती लमकदैछ्। सबै जना मिलेर निर्वाचनको अभियनमा लगौं।

You might also like

Comments are closed.