काठमाडौं । राजनीतिक निकास दिन नसकेका कारण संसद विघटन गरिएको एमाले नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले बताए ।
जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त ।
अब माधब-प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो।गुनासोको काम छैन।विधी,पद्दती लगेर कर्णालीमा सेलाउनु।
यस्तै एमाले नेता महेश बस्नेतले विघटित संसदलाई ‘थारो गाई’को संज्ञा दिएका छन् ।
“निकाश दिन नसक्ने, वैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाइ जस्तै भएको थियो । यसको विकल्प नयाँ जनमतबाट बन्ने नयाँ सदननै हो । यो रहँदासम्म दलहरुको बीचमा अन्तरबिरोध बढ्ने, आपसी द्वन्द बढ्ने, अनेक विकृति र विसंगती बढ्ने अवस्था रहिरहने स्थिति थियो,” नेता बस्नेतले भनेका छन्, “
सरकरले गत पुस ५ गते गरिएको संसद विगठन सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले अन्य विकल्पको खोजी गर्ने म्यान्डेट दिएकोले संविधानको धारा ६७ का सबै अभ्यास गरियो ।”
धारा ७६ (५) को पछिल्लो अभ्यास त झन उदेकलाग्दो देखिएको टिप्पणी गर्दै उनले पार्टी फोर्ने, बिधि पद्दति उलघ्ंन गर्ने, गराउने, सत्ता लिप्साको लागि किर्ते हस्ताक्षर गराउनेजस्ता अपराधिक हर्कत समेत देखिएको बताएका छन् ।
“यो परिवेषमा सरकरले संसद विगठन गरी कात्तिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको कर्तब्य हो ।
केही जनमत गुमेका, जनतामा नगएका र आगामी निर्वाचनमा हरिने डर भएका, अनि बौद्धिक खेति गरेर जीविकोपार्जन गरिरहेका र डलर खेती गर्नेहरुले यस्को बिरोध गरिरनेछन्,” उनले भनेका छन्, “महादेवले सतिदेवीको लास बोकेर हिँडेको जस्तो विगटित संसद बोकेर हिँडिरहने छ्न् । काग गराउँदै गर्छ पिना सुक्दै गर्छ । कुकुर भुक्दै छ हात्ती लम्कँदै गर्छ । सबैजना मिलेर निर्वाचनको अभियनमा लगौं ।”
Comments are closed.