Nepal's First Video FM

स्वीट्जरल्याण्डले नेपाललाई अहिले सम्मकै दिएयो ठुलो रकम , ९४ करोड बराबरको स्वास्थ्य सामाग्री प्रदान !

676

काठमाडौं । स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विशेष कार्गो बिमानबाट ल्याइएका स्वास्थ्य सामाग्री स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो।

कूल तीस टन तौल बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।

स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध अमेरिकी डलर ८० लाख (नेपाली रुपैंया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हाे ।

विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।

यो पनि ….

अमेरिकाले नेपाललाई दियो ठुलो सहयोग, ३ ओटा जहाजमा पठाउँदैछ यति धेरै कोरोना सामग्री

मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ।

अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।

गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्।

अमेरिकी विदेशमन्त्री नेपालका सम्बन्धमा बिरलै ट्वीट गरेका छन्। केही घन्टाअघि गरिएको ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।

यस्तै प्रहरीले आइतबार काठमाडौं र ललितपुरका दुई वटा नक्कली स्यानिटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ ।

काठमाडौंको बालाजुस्थित उत्सव डिस्टिलरी र ललितपुर इमाडोलको पर्सा नेपाल प्रालि नामको कम्पनीमा छापा मारेर ठूलोम मात्रामा नक्कली स्यानिटाइजर बरामद गर्नुका साथै ती कम्पनीका संचालकहरुलाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उत्सव डिष्ट्रिलरीमा छापा मारेको हो ।

सो डिष्ट्रिलरीले मिथानोल अल्कोहल प्रयोग गरी नक्कली स्यानिटाइजर उत्पादन गरी बजार पठाएको पाइएको प्रहरीले जनाएको छ ।

सो डिस्टिलरीका संचालकद्वय कपिलवस्तु घर भएका कमल अग्रवाल र राकेश अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अग्रवालले निषेधाज्ञा सुरु भएदेखि स्यानिटाइजर उत्पादन गर्न सुरु गरेको प्रहरीमा प्रारम्भिक बयान दिएका छन् ।

उनीहरूले १६ जना कामदार राखेर दैनिक १ हजार लिटर भन्दा बढी स्यानिटाइजर उत्पादन गरी बजारमा पठाईरहेको पनि खुलेको छ ।

यस्तै ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा पनि महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले छापा मारेर नक्कली स्यानिटाइजर बरामद गरेका छन् ।

सो कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ नामको सेनिटाइजरमा पनि हानिकारक विषादी मिथानोल अल्कोहल मिसाइएको पाइएको छ ।

प्रहरीले कम्पनीका सञ्चालक आशिष प्याकुरेललाई पक्राउ गरेको छ भने चालीस हजार लिटर सेनिटाइजर पनि बरामद गरिएको छ ।

कम्पनी दर्ता समेत नगरी नक्कली स्यानिटाइजर उत्पादन गरिरहेको पाइएको र सो कम्पनीले उत्पादन गरेको हानीकारक स्यानिटाइजर ठूलो मात्रामा बजारमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

सो स्यानिटाइजरको प्रयोगले आँखा, छाला, फोक्सोलगायतका अंगमा क्षति पु¥याउने र ज्यानै जानसक्ने औषधि व्यवस्था विभागले जनाएको छ ।

झापा – नेपालको कोभिड-१९ महामारीविरुद्ध बिभिन्न देशले सहयोग गरका छन, कतिले आफुले सकेको सहयोग पनि दिएका छन तर सरकारी बितरणका स्वास्थ्य सामाग्रीलाई ‘आफ्नै पहलमा’ ल्याएर वितरण गरिएको भन्दै फोटो खिचाएका कारण अहिले सत्ताधारी दलका झापाका नेता तथा कार्यकर्ताको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

शनिबारदेखि फेसबुकमा भाइरल एउटा तस्बिरमा सातजनाको हातले एउटा अक्सिजन सिलिन्डरलाई छोएको देखिन्छ। उक्त तस्बिर झापाको कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको अक्सिजन सिलिन्डरको हो।

सोही दिन झापाका विभिन्न अस्पतालहरूलाई प्रदेश सरकारले पठाएका विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।

तर उक्त तस्बिरमा सरकारी वितरणको सामाग्री भए पनि सिलिन्डर ‘हामीले नै ल्याएका हौँ’ जस्तो गरि प्रचारको लालसा देखिन्छ। तस्बिरमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, पूर्वसांसद तारासम याङ्या, प्रदेश सांसद हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख देखिन्छन्।

कोरोना महामारीमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको काम नै हो सोही महामारीमा जुध्नका लागि स्वास्थ्य सामग्री पठाउने।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पठाएका सामाग्री शनिबार नै मेची प्रादेशिक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाई नगरपालिकाको कोरोना अस्पताल र शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।

स्वास्थ्य कार्यालय झापाका एक कर्मचारीका अनुसार ती सामान उपलब्ध गराएको भनेर राजनीतिकर्मीले जस लिन मात्र खोजेका हुन्।

उनले भने, ‘ती सबै सामान सरकारी वितरणका सामान हुन्। हामीले उपलब्ध गराएको भनेर जस लिन तस्बिर खिचाएका हुन्।’

You might also like

Comments are closed.