Nepal's First Video FM

ईन्द्रेणीका कृष्ण कंडेल , दीलिप रायमाझी र रमित ढुंगानाले शरणार्थी शिविरका १७ सय घरधुरीलाई गरे सहयोग

319

काठमाडौं, अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले मोरङको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न सहयोग गरेका छन् ।

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समूहले सञ्चालन गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकामार्फत उनीहरुले सहयोग गरेका हुन् ।

फाउण्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिपले प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न सहयोग गरिएको बताए ।

उनका अनुसार फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो ।

फाउन्डेसनले हरेक महिना शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई अशक्त भत्ता दिने तयारी गरेको छ ।

यस्तै गरि नायक दिलिप रायमाझी, ईन्द्रेणीका कृष्ण कंडेल र ‘इन्ट्रा फाउन्डेसन अफ अमेरिका’ रुद्र बाँनिया यतिबेला नेपालको पुर्बी जिल्लाहरुमा सहयोग वितरण कार्यमा ब्यस्त छ्न ।

कोरोना भाइरसको दोस्रो महामारी बिरुद्ध चेतना फैलाउदै र सुरक्षा सामग्री वितरण गर्दै उनीहरू हिडिरहेका हुन। अमेरिकामा सक्रिय नेपालीहरुको संस्था ‘इन्ट्रा फाउन्डेसन अफ अमेरिका’ले पुर्बी नेपालमा रहेका भुटानी सरणार्थी क्याम्पमा लक्षित गरेर सहयोग सामग्री वितरण गरेको हो।

सोहि अवसरमा नायक दिलिप रायमाझीको यो टोलिले इन्ट्रा फाउन्डेसन अफ अमेरिका मार्फत पथरी शनिश्चरेलाई पठाइएको ५०,००० माक्स र ५,००० सेनिटाइजर हस्तान्तरण गरेको नेप्लिज डायस्पोरालाई जानकारी दिएका छन्। टोलिले पथरी, शान्तिनगर र बेलडाँगी क्याम्पमा पनि सोहि अनुपातमा सहयोग गरेको फाउन्डेसनका निर्देशक रुद्र बाँनियाले बताए।

इन्ट्रा फाउन्डेसन अफ अमेरिकाले बिभिन्न क्याम्पमा रहेका ८० बर्षका सबै बृद्धलाई हरेक महिना जीवनभरी आर्थिक सहयोग गर्ने उद्देश्यले लागत संकलन समेत गरेको छ। उक्त कार्यले त्यहाँका भुटनीज क्याम्पहरुमा खुशियाली छाएको नायक दिलिप रायमाझीले बताए।

यो टोलिले यसका अतिरिक्त यस क्षेत्रका गन्धर्वहरुलाई आर्थिक सहयोग पनि हस्तान्तरण गरेको छ। इन्ट्रा फाउन्डेसन अमेरिकामा संचालित संस्था हो। यसका प्रमुख ब्यबसायी तथा समाजसेवी डिल्ली अधिकारी हुन। यो संस्थाले अमेरिका र नेपालमा बिभिन्न सामाजिक सेवाका कामहरु गर्ने गर्दछ।

कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणी सांगीतिक कार्यक्रम संसारभरीका नेपालीहरुले धेरै नै मन पराएका छन्। कार्यक्रम मार्फत संसारभर रहेका नेपालीहरुले व्यापक सहयोग गर्दै आएका छन्। बिशेषगरी पठाएको पैसा सजिलै जतिको त्यति पीडितको हातमा पुग्ने र पारदर्शी भएकोले पनि यो कार्यक्रम मार्फत सहयोग गर्नेहरुको संख्या बढेको हो।

‘इन्ट्रा फाउन्डेसन अफ अमेरिका’ को उक्त मानवीय कार्यको इन्द्रेणीका संचालक कृष्ण कंडेलले मुक्तकण्ठले प्रशंशा गरे। “अमेरिकाका भुटनीज दाजुभाईको मनकारी व्यवहारले म धेरै नै प्रभावित छु। अफ्टेरो परेको बेला जहाँ र जहिले पनि उहाँहरु हुनुहुन्छ भन्ने कुराले म सधै ढुक्क र उत्साहीत हुने गर्दछु।” कंडेलले टेलिफोनमा भने।

यसैबीच इन्द्रेणीको आफ्नै स्टुडियो निर्माण गर्न ‘इन्ट्रा फाउन्डेसन अफ अमेरिका’ निर्देशक रुद्र बाँनियाले ५ हजार डलर, सोहि संस्थाका देउकुमार दाहालले ५ हजार डलर, शान्ता काफ्ले, किशोर गजमेर लगायतले पनि सहयोग गर्नु भएको भन्दै कंडेलले खुशी ब्यक्त गरे। “हामी लोक संस्कृतिको जगेर्ना गर्दै समाजमा चेतना र खुशियाली बाड्दै समाजसेवा पनि गरिरहेका छौं। यो सहयोगले अब आफ्नै स्टुडियो बन्ने बलियो आधार मिलेको छ। म खुशी छु।” कंडेलले नेप्लिज डायस्पोराका सम्पादक सतीश चापागाईंसंग टेलिफोनमा भने।

यो टोली सहयोग वितरण गरेर काठमाडौँ फर्केको छ। टोलीले त्यहाँका सबै दृश्य खिचेर ल्याएको छ। जुन ईन्द्रेणीको युट्युबमा छिट्टै सार्बजनिक हुनेछ।

You might also like

Comments are closed.