काठमाडौँ, नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप (कोभिसिल्ड) नेपाललाई उपलब्ध गराउन लागेको हो ।
बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो । भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो ।
सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका छैनन् ।
बेलायतो सहयोगका लागि बेलायतमा रहेका गोर्खाज् र काठमाडौँस्थित बेलायती राजदूत निकोल पोलिटको पहल महत्वपूर्ण मानिएको छ । पोलिटले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी खोप उपलब्ध गराउने बारे छलफल गरेकी थिइन् । सोही विषयमा बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बिहीबार बहस समेत भएको थियो ।
यसअघि नेपालले डब्लूएचओको कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा केही अंश बेलायतको सहयोग थियो ।
यस्तै स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
विशेष कार्गो बिमानबाट ल्याइएका स्वास्थ्य सामाग्री स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो।
कूल तीस टन तौल बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।
स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध अमेरिकी डलर ८० लाख (नेपाली रुपैंया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हाे ।
विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।
मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ।
अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।
तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।
गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्।
अमेरिकी विदेशमन्त्री नेपालका सम्बन्धमा बिरलै ट्वीट गरेका छन्। केही घन्टाअघि गरिएको ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।
Comments are closed.