Nepal's First Video FM

नयाँ पार्टी खोल्ने माधव नेपालको निर्णय: कार्यदलको औचित्य पनि समाप्त

406

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् ।

यी घटनाक्रमसँगै पार्टी पुनस् लगभग विभाजनको अवस्थामा पुगेको हो । नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको आरोप लगाएका छन् ।

ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने स्थायी कमिटीको निर्णय भएको बताउँदै नेपालले ओलीको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको जनाए ।

त्यसैगरी केही दिनअघि गठन भएको पार्टी एकता कार्यदलको औचित्य पनि ओलीले सकाइदिएको नेपालको आरोप छ । कार्यदल बनेपछि त्यसपछिका ठूला निर्णय लिँदा सल्लाह गरेर अघि बढ्नुपर्ने तर ओलीको एकलौटी ढङ्गले निर्णय लिने स्वभाव परिवर्तन नभएको नेपालले बताए ।

ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको र नयाँ पार्टी खोल्न बाध्य पारेको नेपालको भनाई छ ।

यो पनि

माधव नेपाल – झलनाथ खनालसहित ११ सांसद्लाई स्पष्टिकरण सोध्ने एमाले स्थायी कमिटीको निर्णय

नेकपा एमालेले पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका ११ सांसदसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी न्यौपाने, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमार चौधरी र कल्याण्ली खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

‘अहिलेलाई स्पष्टिकरण सोधेका छौं,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको जवाफअनुसार थप कारबाही अघि बढाउने निर्णय भएको छ।’

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो ।

यद्यपि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रूपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरूलाई स्पष्टीकरण नसोधिएको बैठकपछि ज्ञवालीले बताउनुभयो ।

You might also like

Comments are closed.