Nepal's First Video FM

आज एकैदिन साढे ७ हजार भन्दा बढी निको भए, १ सय ९३ जनाको निधन

237

काठमाण्डाै पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप १ सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

याेसँगै नेपालमा काेराेना पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख १३ हजार दुई सय ४१ पुगेकाे छ ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार आठ सय २१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ जना निको भएका छन् । याेसँगै निकाे हुने सङ्ख्या तीन लाख ९१ हजार तीन सय ४८ पुगेकाे छ ।

अहिले नेपालमा एक लाख १५ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

You might also like

Comments are closed.