Nepal's First Video FM

कोरोना लागेको खबर आएपछि , गायिका पूर्णकला बिसिले श्रीमानलाइ केहि नहोस भन्दै प्रथान गरिन

263

काठमाडौँ,लोकप्रिय गायक खुमन अधिकारी र पूर्णकला बिसी अन्तरबार्तामै रहदा एक्कासी फोन आयो,फोन आएको केहि मिनेटमै पुर्नाकलाको अनुहार बदलियो,हामीले प्रश्न गर्यौं के भयो र एक्कासी ? पूर्णकला बिसीले भनिन “आज श्रीमानको पिसिआर टेस्ट गरेको थियौं उहाको रिपोर्ट पोजेटिभ आएछ” सोहि क्रममा खुमन अधिकारी आत्तिए।

पूर्णकला बिसीको श्रीमान केहि दिन देखि बिरामी रहेछन,उनि बिरामी भएको खबर सुनाउदै गरेकी पूर्णकलालाइ झन् कोरोना भएको खबर पाएपछि आत्तिनु स्वाभाविक हो।पूर्णकला बिसीले भनिन ‘उच्च ज्वारो आएर औषधिले समेत न छोए पछि टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आयो’।

खुमन अधिकारीले जिस्किदै भने ‘कतै तिमीलाई पनि कोरोना पो लागेको हो कि?पूर्णकला बिसी पनि जिस्किदै नछुनु है भन्न पुगिन।उनको श्रीमानलाइ गाह्रो भएको खबर संगै भाबुक देखिएकी पूर्णकलाले कलाकारिताको अबस्थाको बारेमा पनि सुनाइन।स्टेज चढ्ने बेलामा सधै यस्तै कोरोनाको सास्तीले सताएको छ।

यस्तै गएको हप्ता झैँ यो हप्ताको दोहोरी च्याम्पियन झन् बिशेष हुने देखिएको छ।यो हप्ताको दोहोरी च्याम्पियनमा श्याम रानालाई हसाउन सफल भएकी गायिका रिता राउत रुदै मिडियामा आएकी छिन।

रिता संगै सबिन पनि मिडियामा आएका हुन्।रीतालाई यो बेला पिडा थपिएको छ।उनि बस्ने घरबाट घरबेटीले निकालीदिएपछि उनि भाबुक भएकी हुन्।

उनि दिदीको रुममा बस्दै आएकी रहिछन न बस्ने ठाउँ राम्रो छ न उनको कुनै समान ,भएको सबै सकिएको रहेछ साथीकोमा बसेर खाइरहेकी रितालाइ भेट्न गायिका बिमा कुमारी दुरा पुगेकी छिन।

पारिवारिक अबस्था नाजुक भएकै कारण राम्रो संग पढ़न समेत नपाएकी रिताले आफुलाई जीवन बिताउन निकै गाह्रो भएको समेत सुनाएकी हुन् भने सविनले पनि बास्तबिकता सबै खुलाएका हुन्। रिताको बुबा गाउँमा घर बनाउने ठाउँमा ढुंगा बोक्ने ज्यामी काम गर्छन भने आमा घरमै दिदि बहिनी संग बस्छन।

बुबाको पिडा सम्झेर भक्कानिएर रोइन रिता यति मात्रै कहाँ होर बुबाले जुन अबस्थामा आफुलाई दुख गरि हुर्काए पनि बुबाको दुखलाई सुखमा बदल्न नसकेको पनि उनमा पिडा रहेछ।आफुले झन् बाबा लाइ दुख दिएको र आफु अझै त्यो दुखबाट बाहिरिन नसकेको समेत उनले बताइन।

You might also like

Comments are closed.