काठमाडौँ,चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुति मा संदेश मुलक गित मास्क खै डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा लि. को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
गितमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन, गित मार्फत विश्व भर कोरोना महामारी ले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाड मा नजाऔ भन्ने संदेश दिइएको छ ।
पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथा÷बस्तु समेटी गित बजारमा ल्याईरहेका अदृस्य गायक/संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपाल मा रेकर्ड भएको हो, गितको मिक्सिङ÷मास्टरिङ गोविन्द सोनी ले गरेका छन् ।
भिडयोका क्यामरामान रोनिश तामांग, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक बिबेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रबन कुमार मिश्र रहेको छन भने सम्पादन कृष्ण गौतम ले गरेका हुन्, भिडियो मा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतम आदि को अभिनय रहेको छ ।
Comments are closed.