मधेशमा भब्य स्वागत भयो, सरकारले जारी गरेको नागरिकता अध्यादेश: जसपाको महन्थ ठाकुर पक्षीयले दिपावली गरे
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ ।
जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले दिपावली नै मनाएकाे हाे ।
लामो समयदेखि नागरिकताबाट बञ्चित मधेसी नागरिकको माग पुरा भएको खुशियालीमा दिपावली मनाएको जसपाका यूवा नेता प्रशान्त झाले जानकारी दिए ।
उनले भने, ‘मधेसी जनताको तर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरलाई धन्यवाद छ ।’
सरकारले समेत जनमसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने निर्णय गरिसकेको र राष्ट्रपतिले अध्यादेश ल्याएसकेपछि अब तत्कालै जिल्ला प्रशासन कार्यालयहबाट नागरिकता वितरण सुरु गरियोस्– नेता झाले भने ।
बाबु आमा जन्मसिद्ध नेपाली नागरिक भए पनि छोराछोरी नागरिकताबाट बन्चित हुँदा हजारौं युवाले पढाइ, जागिर र विदेश जानबाट बन्चित भएका थिए ।
यो अध्यादेशले आफनै देशभित्र अनागरिक भएकालाई न्याय मिलेको भन्दै मधेशमा दिपावली गरिएको हो ।
रुपन्देहीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन…
यस्तै असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ रुपन्देहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै आइतबार रुपन्देहीको तिलोत्तमामा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने संघले बताएको छ ।
कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयु लम्ब्याउन गरिएको प्रपञ्चलाई नस्वीकार्ने नेविसंघ रुपन्देहीका पूर्वसभापति सन्तोष डिसीले बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
Comments are closed.