नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
संसद विघटन गर्ने कदम असंवैधानिक भएकाले पार्टीको निर्देशन अनुसार नै नेविसंघले आन्दोलनका कार्यक्रम जारी राखेको महामन्त्री थपलियाले जानकारी दिइन् ।
काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।
Comments are closed.