Nepal's First Video FM

डा. खिमलाल देवकोटाले भाबुक हुदै भने – चुनावबाट पछि हट्न मलाई थर्काइयो, आवश्यक परे नाम भन्नेछु

258

काठमाडौं, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई धेरैजनाले फकाएको र थर्काएको बताएका छन् । थर्काउने केहीको आवाजको रेकर्ड राखेको बताउँदै डा.देवकोटाले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् ।

आइतबार सामाजिक संजालमा लेख्दै देवकोटाले भनेका छन्,’ व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए. समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’

आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको समेत बताएका छन् ।

उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रो हुने उनले बताएका छन्। ‘ बोलेपछि सीह गरेपछि वचनवद्ध भएपछि पूरा गर्नुपर्छ। भागेर लुकेर जालसाझी गरेर केही समय त टिकिएला।

तर बुझ्न जरुरी छ पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ। निष्ठा र इमान्दारीताको राजनीतिबाट भागेर नहिडौं,’उनले भनेका छन्,’ बोली र इमानमा कटिवद्ध होऔं।’

उनले राष्ट्रियसभा निर्वाचनमा एक हजार बढी मतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका थिए।

You might also like

Comments are closed.