Nepal's First Video FM

संक्रमण रोकथाम र नियन्त्रणका लागि-भेरी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

459

बाँके, नेपालगन्जमा रहेको फूल गस्पल टेवरनकल चर्चले भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि चर्चले भेरी अस्पताललाई करिब ४ लाख ७७ हजार र उपमहानगरपालिकालाई १ लाख २५ हजार रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको हो ।

एफजिटिले भेरी अस्पताललाई १ सय ५० थान पीपीइ, ८ हजार थान मास्क, ग्लोब्स २ हजार जोडी र सेनिटाइजर १ सय थान सहयोग गरेको हो ।

यस्तै उपमहानगरपालिकालाई तीन हजार थान मास्क, अक्सिमिटर ५ थान, एकहजार जोडी ग्लोब्स, सेनिटाइजर ३०० पिस, थर्मल गन २ थान सहयोग गरेको एफजिटिका पास्टर रमेश भण्डारीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्ट सहितको कोभिडका बिरामीका लागि अत्यावश्यक भएको स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै अस्पताल र उपमहानगरपालिकाले एफजिटिलाई धन्यवाद व्यक्त गरेको छ ।

यसअघि एफजिटिले टिकापुर अस्पताल र जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

You might also like

Comments are closed.