Nepal's First Video FM

सामाजिक संजालमा भाइरल तस्बिर : एउटा अक्सिजन सिलिन्डर बितरण गर्न फोटो खिचाउनेको भिड !

351

झापा – नेपालको कोभिड-१९ महामारीविरुद्ध बिभिन्न देशले सहयोग गरका छन, कतिले आफुले सकेको सहयोग पनि दिएका छन तर सरकारी बितरणका स्वास्थ्य सामाग्रीलाई ‘आफ्नै पहलमा’ ल्याएर वितरण गरिएको भन्दै फोटो खिचाएका कारण अहिले सत्ताधारी दलका झापाका नेता तथा कार्यकर्ताको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

शनिबारदेखि फेसबुकमा भाइरल एउटा तस्बिरमा सातजनाको हातले एउटा अक्सिजन सिलिन्डरलाई छोएको देखिन्छ। उक्त तस्बिर झापाको कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको अक्सिजन सिलिन्डरको हो।

सोही दिन झापाका विभिन्न अस्पतालहरूलाई प्रदेश सरकारले पठाएका विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।

तर उक्त तस्बिरमा सरकारी वितरणको सामाग्री भए पनि सिलिन्डर ‘हामीले नै ल्याएका हौँ’ जस्तो गरि प्रचारको लालसा देखिन्छ। तस्बिरमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, पूर्वसांसद तारासम याङ्या, प्रदेश सांसद हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख देखिन्छन्।

कोरोना महामारीमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको काम नै हो सोही महामारीमा जुध्नका लागि स्वास्थ्य सामग्री पठाउने।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पठाएका सामाग्री शनिबार नै मेची प्रादेशिक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाई नगरपालिकाको कोरोना अस्पताल र शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।

स्वास्थ्य कार्यालय झापाका एक कर्मचारीका अनुसार ती सामान उपलब्ध गराएको भनेर राजनीतिकर्मीले जस लिन मात्र खोजेका हुन्।

उनले भने, ‘ती सबै सामान सरकारी वितरणका सामान हुन्। हामीले उपलब्ध गराएको भनेर जस लिन तस्बिर खिचाएका हुन्।’

You might also like

Comments are closed.