काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।
Comments are closed.