Nepal's First Video FM

माधव नेपाल र झलनाथ खनाल, एमालेको साधारण सदस्यबाटै निष्कासन

440

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

यी २३ सांसद, जस्ले माधव नेपाललाई साथ दिए , रिटमा हस्ताक्षर गरे (नामसहित)

नेकपा एमालेका माधव नेपाल समूहका २३ निवर्तमान सांसदले मात्र आज सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा हस्ताक्षर गरेका छन् । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा २६ जनाले हस्ताक्षर गरेकामा ३ जनाले हस्ताक्षर गरेनन् । योसहित नेपाल समूहमा विघटित प्रतिनिधि सभाका २३ सांसद मात्र साथमा रहेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्न रिट तयार गरिएको हो । जसमा विघटित प्रतिनिधि सभाका १४९ जना सांसद संख्याको हस्ताक्षर पुग्ने अपेक्षा गरिएकोमा १४६ को मात्र पुगेको छ ।

हस्ताक्षर गर्न नगएकाहरुमा माधव नेपालसँग लामो समय निकट रहेका गोकर्ण बिष्ट, झापाबाट निर्वाचित पवित्रा निरौला खरेल र सिन्धुलीबाट निर्वाचित निवर्तमान सांसद गणेश छन् ।

हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. धनश्याम भुसाल
१३. सोमप्रसाद पाण्डे
१४. मेटमणी चौधरी
१५. झपट रावल
१६. दिपकप्रकाश भट्ट
१७. रामकुमारी झाँक्री
१८. सरला यादव
१९. पुष्पाकुमारी कर्ण
२०. कल्याणी खड्का
२१. निरादेवी जैरु
२२. लक्ष्मीकुमारी चौधरी
२३. मुकुन्द न्यौपाने

You might also like

Comments are closed.