काठमाडौं । नेकपा (एमाले) बाट निश्काषनमा परेका नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ,’ कारबाहीबारे रावलको प्रतिक्रिया छ, ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो।’
सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधवकुमार नेपाल, रावल लगायत ११ जना नेता तथा विघटित संसदका सांसदलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासित गरेको छ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । कुनैले पनि स्पष्टीकरण दिएका थिएनन्।
Comments are closed.