काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरुलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिएका छन् । आज बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जना नेतालाई पार्टीबाट निश्काषन गरेको थियो । सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताएका हुन् ।
उनले ओली कम्युनिष्ट आन्दोलन र पार्टीको गद्दार भएको पनि टिप्पणी गरे । नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने बताए । यसअघि, नेता भीम रावलले पनि अध्यक्ष ओलीलाई राष्टघातीको संज्ञा दिएका छन् । स्रतो रिपोटर्स नेपाल
Comments are closed.