सुर्खेत । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा स्थानीय र प्रदेश सरकार जिम्मेवार नबन्दा स्थानीय सामाजिक संस्था र अभियन्ताहरूले पहल गर्न थालेका छन् ।
कोभिड–१९ सेल्फ हेल्प समूह, मोटेग्याङ्ग लगायत सामाजिक अभियान्ताले शव व्यवस्थापनमा जुटेका हुन् । आइतबार प्रदेश अस्पतालमा १० जनाको मृत्युु भएकोमा एउटा शव व्यवस्थापनमा आफन्तले गर्न नसकेपछि शव अन्त्यष्टिको सम्बन्धमा चिन्ता पर्यो ।
पहिला पनि सामाजिक कार्यमा सक्रिय युवाहरुको समूहले शव व्यवस्थापनका लागि दाउरा, गाडि, मट्टितेल र चित्ता तयार गरी सल्यानका कोरोनाबाट मृत्युु भएको शव व्यवस्थापन गरेका थिए ।
आफन्तले मृतक शव व्यवस्थान गर्न नसक्ने भएपछि सामाजिक अभियान्ताहरु अगाडि सरेको सामाजिक अभियन्ता अनिल ढकाल बताउनुहुन्छ ।
प्रदेश सरकार र संघीय सरकार सत्ता र शक्तिको आडमा कोरोनाका बिरामीको उपचार, कोरोना नियन्त्रण र मृतकको शव व्यवस्थापनमा उदासिन बनेको भन्दै संकटमा मानवता नर्विसिएर काम गरेको सुर्खेत सेल्फ हेल्प समुहका धर्मराज आचार्य बताउनुहुन्छ ।
अक्सिजनका लागि मेरो एक हजार अभियान सञ्चालन गरी कयौं बिरामीलाई मृत्युुको मुखबाट बचाएको समूहको दावी छ । एउटा समूहले यसरी सक्रिय भएर काम गर्न सक्दा सरकारले भने कोरोना नियन्त्रणमा उचित भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशमा एकातिर अक्सिजन अभावले कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने अर्कोतिर संक्रमण शहर भन्दा गाउँमा फैलिदो मात्रामा छ । सत्ता र शक्तिको दुरुपयोगमा लागेको सरकारले अक्सिजन सिलिन्डर व्यवस्थापन देखि आर्यघाटमा शव जलाउन अभियन्ता युवाहरूले गरेको कामबाट सिक्नुपर्ने स्थानीय केपी ढकाल बताउनुहुन्छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १ सय ६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
दोस्रो लहरको कोरोनाका कारण सुर्खेतमा १ सय २२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुइ÷दुई र अन्य चार व्यक्तिको मृत्यु भएको छ ।
यो पनि …
देवघाट गाउँपालिका–५ का सञ्जीव मरठालाई आफ्नी आमाको शव बोकेर घाटसम्म पुर्याउने हिम्मत छैन ।
करिब ५ सय मिटर परको गण्डकी नदी किनारमा घाट छ । जहाँ पुग्न लगभग १५ मिनेटको पैदलयात्रा गर्नुपर्छ । त्यसमाथि पहाडको बाटो भएकाले अप्ठ्यारो छ । सञ्जीवका भाइ–बुहारी, श्रीमती र दुई छोरासमेत बिरामी परेकाले शव घाटसम्म बोकेर पुर्याउन उनलाई गाह्रो भयो ।
एक त मृतक कोरोना संक्रमित भएकाले शव छुन कसैले मान्दैन, अर्कोतिर जसरी पनि त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । त्यसैले गाउँलेले नै ट्रयाक्टर गुहारेर शव घाटसम्म पुर्याउने सोच बनाए । तर, ट्रयाक्टरवालाले शव बोक्न नमानेको बताउँछन्, सञ्जीवका छिमेकी सीताराम अधिकारी ।
डाेजरबाट घाटतिर लैजाँदै गरेकाे शव ।
ट्रयाक्टरवालाको यस्तो व्यवहारलाई अमानवीयताको हद ठान्छन्, उनी । ‘अघिपछि १५–२० वटा ट्रयाक्टर देखिन्थे, संकटमा त एउटा पनि सहयोगका लागि तयार भएनन्,’ उनले भने, ‘उनीहरू कोरोना सर्ला भनेर डराएका हुन सक्छन् । तर, सतर्कता अपनाएर सकेको सहयोग त गर्नुपर्यो नि । भोलि त्यसैगरी डाक्टर, नर्स पनि डराए भने के हुन्छ ?’
स्थानीयसमेत रहेका गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ भने ट्रयाक्टरले खाद्यान्न बोक्नुपर्ने भएकाले शव नबोकेको तर्क गर्छन् । ‘गाउँपालिकामा शववाहन छैन । भएको एउटा एम्बुलेन्स पनि बिरामी बोक्न स्ट्यान्डबाइ छ,’ उनी भन्छन्, ‘त्यसैले केही उपाय नभएर नजिकै रहेको डोजरले बोकिएको हो ।’
खाद्यान्न बोक्ने ट्रयाक्टरले संक्रमितको शव बोक्न नमिल्ने भन्दै ट्रयाक्टरवाला पन्छिएपछि गाउँलेले अर्को विकल्पका रूपमा डोजरलाई शव बोक्न अनुरोध गरे । तर, उक्त डोजरका चालक पनि पन्छिए ।
Comments are closed.