गर्भवती प्रियंका कार्कीलाई श्रीमान आयुष्मानको, यस्तो सम्म ख्याल गर्छन, खाना पकाउने देखि , खुट्टा मालिस सम्म ?
काठमाडौं । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् ।
उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।
आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै चर्चामा रह्यो ।
पछि पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् ।
ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ६३ हजार बढीपटक हेरिएको छ ।
भिडियोमा प्रियंका बिहान उठेदेखी साँझसम्म गर्ने गतिबिधिलाई समेटिएको छ । आयुष्मानले बिहानी प्रियंकालाई उठाए देखी खाना बनाएर खुवाएका छन् । साथै उनले प्रियंकाको खुट्टा मालिस गरिदिएका छन् ।
Comments are closed.