काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधिभर डिपार्टमेन्टल स्टोर र खाद्यान्न तथा किराना पसल समेत बन्द हुने भएका छन् ।
उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागु हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेका हुन् ।
तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न नदिने निर्णय पनि सीडीओहरुको छ । स्थानीय ढुवानी बिहान ९ बजेसम्म गर्न पाइने निर्णय पनि भएको छ ।
तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्याँस पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्ने निर्णय पनि भएको छ ।
नयाँ आदेशअनुसार निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम गरिएको छ ।
Comments are closed.