नीता लेख्छिन्, जनताको लागि लड्नुपर्नेहरु कुर्सीका लागि लडिरहेका छन् –‘यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ’!
काठमाडौँ, देश अहिले कोरोनाको चपेटामा फसेको छ दैनिक जनताहरु मरेका छन्, अक्सिजन को अभाब छ खोप छैन कोरोनाको कारण मुलुक ठप्प छ । यस्तो विपत्तिको समयमा जनताको सहारा बन्नु पर्ने राजनीति खिचातानीको भूमरीमा फसेको छ ।
अभिनेत्री नीता ढुंगानाले संसार कोरोनाविरुद्ध लडिरहँदा नेपालमा कुर्सीका लागि लडाईं भएको देख्दा आफू किन नेपालमा जन्मिएको होला भन्ने महशुस हुन थालेको बताएकी छन् । आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको छ ।
उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’
उनले संसार कोरोनाविरुद्ध लडिरहँदा आफ्नो देशले आफूलाई झन् लात हानेको आभास भएको बताएकी छन् । यो कठिन अवस्थामा जनताको लागि गर्नुपर्ने लडाईं कुर्सीका लागि भएकोमा नीताले चिन्ता व्यक्त गरेकी छन् । उनले अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको समयमा अस्पतालमा उपचार नभएर निधन भएको समेत खुलासा गरेकी छन् ।
हरिहर अधिकारीको प्रेममा रहेकीनीताले, समयमा नै आइसियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायूमा ज्यान गुमाउनु पर्दैन थियो होला भन्दै आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताएकी छिन् ।
हरिहरका पिताको सोमवार उपचारको क्रममा निधन भएको थियो, उनी २० दिनदेखि कोरोनालाई परास्त गर्न लडिरहेका थिए ।
Comments are closed.