Nepal's First Video FM

एका बिहानै कांग्रेसमा चर्कियो खैलाबैला,कारण यस्तोपो रहेछ

404

चैत २, काठमाण्डौ । केन्द्रिय समितिको बैठ नजिकिदै गर्दा नेपाली कांग्रेसभित्र गुटगत भेलाले तिब्रता पाएको छ ।

विहिवार वरिष्ठ नेता रामचन्द्र पौडेल गुटको गोप्य छलफल भएको थियो भने आज कृष्ण सिटौला समुहको भेला हुँदैछ ।

भेलामा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला लगायत ३२ जिल्लाका सभापती सहभागि थिए । एयरपोर्ट होटलमा बसेको भेलामा आगामी केन्द्रिय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।

आज सिटौला पक्ष अनुपम पार्टी प्यालेसमा भेला भएका छन् । सिटौलाले आफ्नो गुट जिवित नै रहेको सन्देश दिनका लागि पनि भेला गरेको बताइएको छ । यस भेलामा गगन थापा, उमाकान्त चौधरी, भिमसेनदास प्रधान लगायतका नेताहरुको सहभागिता छ ।

सभापति शेरबहादुर देउवाले भने भोलीका लागि भेलाको तयारी गरेको बुझिएकोछ ।

You might also like

Comments are closed.