Nepal's First Video FM

रवीन्द्र मिश्रले आदर्शको बाबु छोराको तस्बिर शेर गर्दै भने – ‘मिर्गौलापीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ!

320

काठमाडौं, कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ ।

चार वर्षदेखि मृगौलाको बिरामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । आदर्शले विनोदलाई सोमबार रातिमात्र उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्‍याएका थिए ।

यसै बीच वेशशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक संजालमा लेखेका छन,मिर्गौलापीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ!’

स्ट्याड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो।

यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र नीजि भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा/दाजुभाइ/दिदीबहिनी जाने गर्छन्।

आदर्शजी, तपाईंको बुवाको बैकुण्ठ वास होस्। तपाईं र परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।
स्वास्थ्य आधारभूत मानव अधिकार हो। त्यसलाई गुणस्तरीय र निशुल्क बनाउनै पर्छ। तपाईंको पीडा रुपान्तरणकारी शक्ति र प्रेरणामा परिणत होस्! म पनि तपाईंको साथमा छु।

यो पनि
मिडियासँग निश्चल बस्नेतको गुनासोः नेताका भाषण छाेडेर एकपल्ट बिरामीकाे चित्कार सुनिदिनु ?

अस्पतालको लापरवाहीबारे पीडितले बारम्बार चित्कार गर्दा पनि ध्यान नदिएको भन्दै कलाकार निश्चल बस्नेतले सञ्चारमाध्यमप्रति गुनासो गरेका छन् ।

अस्पताल चहार्दाचहार्दै स्ट्याण्ड-अप कमेडियन आदर्श मिश्राले आफ्नो बुवा गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै कलाकार बस्नेतले मिडियाको प्राथमिकतामा पर्ने विषयबारे प्रश्न गरेका हुन् ।

आदर्शका बुबा विनोद मिश्राकाे मंगलबार बिहान निधन भएकाे थियाे । चार वर्षदेखिका मिर्गाैला बिरामी आफ्नो बुवाको अकालमै भएकाे मृत्युकाे जिम्मेवार नेसनल मेडिकल कलेज र नारायणी अस्पताल भएको आदर्शको भनाइ छ । उनका अनुसार नेसनल कलेजले उपचार गर्न नमानेको र नारायणी अस्पतालले लापरवाही गरिदिँदा विनाेद मिश्राले ज्यान गुमाउनु परेको हो ।

यसबारे उनले बुवाकाे बिरामी अवस्थामा रहेका बेला नै सामाजिक सञ्जालमा लेख्दै आएका थिए । ‘शायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्‍याउन सकेको भए …. ! हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ’, कलाकार बस्नेतले फेसबुकमा लेखेका छन्, ‘समयमै डायलिसिस गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नुसरह हो ।’

बस्नेतले आफ्नाे घरमा पनि डायलिसिस गराउनुपर्ने बिरामी भएकाे र यस्ता बिरामी अनि परिवारकाे पीडाबारे आफू वाकिफ रहेकाेसमेत बताएका छन् । ‘शायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रसासन भएको भए, सायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेषण नगरेर यस्तो विषयलाई पनि प्राथमिकता दिएको भए, सायद काेभिड मात्र हैन, अरु रोग पनि छ, जसले अप्ठेराे पारिरहेछ भन्ने हाम्रो स्वास्थ्य प्रणालीले पहिले बुझेको भए, आज उसलाई सहानुभूतिको आवस्यश्यकता पर्ने थिएन होला’, निश्चल बस्नेतले लेखेका छन् ।

You might also like

Comments are closed.