Nepal's First Video FM

दिन रात नभनी कोरोनाका बिरामी बोक्ने एम्बुलेन्स चालक यसरी कुटिए !

675

गुल्मीमा एक एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

कुटपिटबाट घाइते भएका एम्बुलेन्स चालक नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री रहेको बताइएको छ ।

प्रहरीका अनुसार एम्बुलेन्स चालकलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटपिट गरेका हुन् । घाइते खत्रीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा उपचारका लागि लगिएको छ ।

कुटपिटमा संलग्न व्यक्तिको पहिचान भैसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.