Nepal's First Video FM

पशु पतिनाथको दर्शन गर्दै, ज्येष्ठ १३ गते बिहिबार, हेर्नुहोस आजको राशिफल

303

आजको पञ्चाङ्ग- श्रीशाके १९४३नेपाल सं.११४१राक्षस नामक सम्वत्सर ग्रीष्म ऋतु वि.सं.२०७८ ज्येष्ठ १३ गते तद्अनुसार सन्२०२१ मे २६ तारिख बिहिबार बैशाख शुक्लपक्षको पूर्णिमा तिथि अनुराधा नक्षत्र शिव योग भद्रा करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ। काठमाण्डौमा सूर्योदय बिहान ५/१२ मा र सूर्यास्त साँझ १८/५१बजेमा हुनेछ। पूर्णिमाव्रत, चण्डीपूर्णिमा, गौतमबुद्धजयन्ती, कूर्मजयन्ती, गोरखनाथजयन्ती, वैशाखस्नानसमाप्ति, घाँटुनृत्यविसर्जन,उभौलीपर्व, चण्डेश्वरीरथयात्रा, श्रीबाघभैरवपर्ब, वैतणीधामस्नान। अनन्तश्री राजगुरु जगद्गुरु वीरेन्द्र ९८५१००५८३२।
आजको राशिफल

मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-समय मिश्रित रहनेछ। जोखिममा नपर्नु हितकर रहनेछ।आफन्तको सहयोग प्राप्त हुनेछ।शुभता बढ्ला।आँट उत्साह बढ्नेछ।कार्य क्षेत्रमा सफलता मिल्नेछ।आरोग्यता बढ्ला।बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ। असल भावनाले युक्त कार्य शुभ र सफलता दायक रहनेछ।ईष्टमित र सन्तानको सुख बढ्नेछ।वार्तामा सफलता मिल्नेछ।मान पुरस्कार मिल्नेछ।धनसम्पत्ति बढ्नेछ।सुख शांति बढ्ला।साझेदारीको काम बन्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।प्रसिद्धि र ख्याति फैलिनेछ।हांसविलासमा आकर्षण बढ्नेछ।सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ।उच्चाधिकारीको सहयोग मिल्नेछ।

बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)-उत्तम समय छ।मान महत्व बढ्नेछ। सुख शांति बढ्नेछ।यात्रा होला।धन समृद्धि बढ्नेछ।आरोग्यता बढ्ला।विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनु हुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला।मिठो भोजन मिल्नेछ । शुभ र भाग्यबर्द्धक काम बन्नेछ । ख्याति फैलिनेछ।

मिथुन – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) -अनुकूल समय छ । आरोग्यत बढ्नेछ । सुख समृद्धि बढ्नेछ।खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ। पढाइ लेखाइमा रुचि बढाउनु पर्ला।लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ।ईष्तमितसितको सम्बन्धमा सुधार आउनेछ।प्रेमपात्रसितको सम्बन्ध बलियो बन्नेछ।परिश्रमले सफलता पाउनु हुनेछ। ईष्टमित प्रेमपात्र सन्तान आदिको साथ पाउनु हुनेछ।गीतसंगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनु हुनेछ। यात्रामा सफलता मिल्नेछ।विलासप्रति रुचि बढ्नेछ।

कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -प्रेममा सफलता प्राप्त हुनेछ। इष्टमित्रको साथ प्राप्त हुनेछ र सन्तान सुख मिल्नेछ।आयस्रोत बढ्नेछ।वार्तामा सफलता मिल्नेछ ।बोली र व्यक्तित्वको प्रभाव बढ्ला।सुख सुविधाको वस्तु बढ्नेछ। सभासमारोहमा मान पुरस्कार मिल्नेछ।गौरव बढ्ला।रोकिएको काम बन्नुको साथै लगानी लगाइएको धन उठ्ला। धन सम्पत्ति बढ्नेछ।रसरागमा आकर्षण बढ्नेछ।जीवनसाथीको साथ मिल्नेछ।

सिंह– LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) -सुख शान्ति र समृद्धि बढ्नेछ।आरोग्यता बढ्नुको साथै आंट उत्साह पनि बढ्नेछ।बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ।यात्रा परक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला।साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ।उन्नति पदोन्नति हुनेछ।ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला।

कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – शुभ र भाग्यबर्द्धक काम बन्नेछ।प्रेममा रुचि बढ्ला। यात्रामा सफलता प्राप्त होला।बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ। ईष्टमित सन्तानको सहयोग मिल्नेछ।खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ। वार्तामा सफलता मिल्नेछ। सुख सम्पतिमा बढोतरी हुनेछ।मान महत्व बढ्ला।आर्थिक काममा सफलता भेट्नेछ। ख्याति फैलिनेछ।बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ।आमोदप्रमोदमा रमीरहनु हुनेछ।

तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) -समय जोखिमपूर्ण कार्यमा रुचि प्रदायक रहला,तर सद्कार्यमा लाग्दा नै शुभ रहला।अरुको भर नपर्दा शुभ होला। ठगी विश्वासघातदेखि सचेत रहनु पर्नेछ। मिठो भोजन मिल्नेछ।गोप्य काम बन्नेछ।जोखिम बढ्न सक्छ।ख्याति फैलिनेछ।आरोग्यतामा ध्यान दिनु पर्नेछ।बिबादमा नपर्नु हीतकर रहला।

वृश्चिक –SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – कार्यमा सफलता मिल्ने।विकासको नयाँ सम्भावना देखा पर्ला।आशा उत्साह वृद्धि होला।धन सम्पत्ति बढ्नेछ। दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नु हुनेछ।सुखको वस्तु बढ्ने सम्भावना रहला। साझेदारीको काम बन्नेछ।यात्रापरक सफल हुनु हुनेछ। भोगविलासमा आकर्षण बढ्नेछ। पारिवारिक सुख शांति बढ्नेछ।आर्थिक लगानीमा बृद्धि हुनेछ।योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ।

धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धन मान साहस बढ्नेछ।आयस्रोत बढ्ला। रोकिएको काम बन्ला र लगानी उठ्नेछ।गौरव वृद्धि हुनेछ।पारिवारिक सुख आनन्द पनि बढ्नेछ।कार्यव्यपारमा सफलता पाउनु हुनेछ।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।विजयश्री मिल्नेछ।

मकर – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) -उन्नति पदोन्नति होला। बिघ्न हट्ला।कर्म योगी रहनु हुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला।प्रयासरत काम बन्नेछ।यश वर्चश्व बृद्धि हुनेछ।मिठो भोजन मिल्नेछ।मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ।विजयश्री प्राप्त होला।आरोग्यता बढ्ला।कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला।ईष्टमित्र सन्तानको सहगयोग मिल्नेछ।

कुम्भ – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)-यात्रा होला।खर्च बढ्नेछ।साझेदारीसित सम्बन्धित काम बन्नेछ।मिठो भोजन खान पाउनु हुनेछ ।भोग विलासमा आकर्षण बढ्ला।सुख शांति बढ्ला।ख्याति फैलिनेछ।छलकपट धोखाढडी आदिप्रति सचेत हुनु पर्नुछ।

मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) -ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ।भागदौड भैरहला। यात्रामा सफलता मिल्नेछ।आशा उत्साह बढ्नेछ।ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला। घरपरिवारको स्थिति अनुकूल होला। ऐश्वर्य बढ्नेछ।आफन्तको सहयोग मिल्नेछ।रोकिएको काम पूरा होला।विजयश्री मिल्नेछ।अन्नधन बढ्नेछ।

You might also like

Comments are closed.