Nepal's First Video FM

सुनको भाउ एकै दिन यतिधेरै बढ्यो, यस्तो छ आजको भाउ

439

काठमाडौं। आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै ७ सय बढेको जानकारी दिएको हो।

आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यस्तै चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन संवादका क्रममा राष्ट्रपति सीले सो घोषणा गरेका हुन् । उनले नेपाललाई खोप खरिदका लागि पनि सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई राष्ट्रपतिको टेलिफोन संवादपछि ट्विटरमा लेखेकी छिन्, ‘नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोन संवादका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अनुदान सहयोगमा १० लाख डोज कोभिड– १९ को खोप उपलब्ध गराउने घोषणा गर्नुभयो ।’ चीनले यसअघि आठ लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

राष्ट्रपति भण्डारीका सञ्चार मामिलाविज्ञ टीकाप्रसाद ढकालका अनुसार करिब ४० मिनेटको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई महामारीविरुद्धकाे लडाइँमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चीनसँग नेपालले खोप खरिदका लागि कूटनीतिक तहमा कुराकानी गरे पनि खोप खरिदका लागि औपचारिक प्रक्रिया सुरु नहुँदा चीन सरकारले १० लाख डोज दिने घोषणा गरेको छ ।

यसैबीच राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोबिन्दलाई चिठी पठाउँदै नेपाललाई खोप उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । उनले यसअघि एक महिनाअघि पनि समकक्षी कोबिन्दलाई चिठी लेखेकी थिइन् ।

भारतले नेपाललाई अनुदानमा ११ लाख डोज खोप उपलब्ध गराएको छ ।

तेस्तै कोरोना महामारी नियन्त्रणका लागि दक्षिण कोरियाले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।

एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध समेत गरेका थिए ।

उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समवन्य परिषद् दक्षिण कोरियालाई जानकारी गराउनुभएको एनआरएनए दक्षिण कोरियाका महासचिव डा सुवेदीले बताए ।

उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदूतावासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले जानकारी दिनुभएको महासचिव डा सुवेदीले बताए ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य सामग्रीले नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

You might also like

Comments are closed.