Nepal's First Video FM

कलाकार मनीषा कोइरालाले अस्पताललाई दिईन, भेन्टिलेटर सहित स्वास्थ्य सामग्री

319

काठमाडौं । देश अहिले कोरोनाको चपेटामा फसेको छ दैनिक जनताहरु मरेका छन्, अक्सिजन को अभाब छ खोप छैन कोरोनाको कारण मुलुक ठप्प छ । यस्तो विपत्तिको समयमा जनताको सहारा बन्नु पर्ने राजनीति खिचातानीको भूमरीमा फसेको छ ।

पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् । अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको हो ।

अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा सहयोगी हात अघि बढाएकी छिन् ।

बुधबार बीरगञ्जको नारायणी अस्पताललाई मनीषाले ४ थान भेन्लिेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् ।

भाइरस संकटबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको समेत मनीषाले जनाएकी छिन् ।

You might also like

Comments are closed.