Nepal's First Video FM

आज एकै दिन ६ हजार ९३९ जना संक्रमित थपिए, ७ हजार २२६ डिस्चार्ज

167

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

You might also like

Comments are closed.