Nepal's First Video FM

तिन देशका लागि उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय, यस्ता सर्तहरु छन् नेपाल आउन !

441

काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय उडान ३ देशमा खुला गर्ने निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

हाल नियमित उडान बन्द हुँदा चार्टर उडान मात्र हुँदै आएको छ। तर, चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेपछि यी तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरिएको हो ।

उनका अनुसार चीनको कुनै पनि स्थान, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो।

नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन्। दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ।

कसैले एउटा मात्र खोप लगाएको छ र उनको कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ। यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैंले बेहोर्नुपर्नेछ।

एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। खर्च उसको आफ्नै हुन्छ।

You might also like

Comments are closed.