Nepal's First Video FM

कोरोना संक्रमितको निधन भएपछि भेरी अस्पताल स्वास्थ्यकर्मीमाथि आक्रमण, हाम्फालेर ज्यान बचाउन सफल

365

। कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको राती ८ बजेतिर मृत्यु भएपछि उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उनले बताए ।

आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटीलखेटी आक्रमण गरेको थापाको भनाइ छ ।

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।

यसै बीच डाक्टर अनुप बास्तोलाले सामजिक संजालमा लेखेका छन, भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय छ । यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाउँछ । संक्रमणको जोखिमका बीच स्वास्थ्यकर्मीले आफ्नो कर्म गरिरहेकै छन्, तर बिरामीको मृत्यु हुनासाथ उनीहरुमाथि आक्रमणसम्म हुन्छ ।

कोभिडको यो दोस्रो लहरमा बिरामी अस्पतालसम्म आइपुगेका छन् भने चिकित्सकले हरसम्भव बचाउने कोसिस गर्छन् । कति त घरघरमै मृत्युवरण गर्न वाध्य होलान् । तर, अस्पतालमा सारा दोष चिकित्सकमाथि नै आउँछ र कुटाइ समेत खानुपर्छ । योभन्दा लज्जाको विषय अरु के हुनु ।

अस्पतालको साधन-स्रोत र जनशक्तिले उपचार सेवामा फरक पार्छ । कोभिडका बिरामीको यो चाप थेग्न सरकारी अस्पताललाई हम्मे छ । कयौंले आफन्त गुमाउनु परेको छ । स्वास्थ्यकर्मीले नै आफन्त गुमाएका छन् । यो कठिन समय हो । यस्तो बेलामा धैर्य गर्न सिकौं । तर, भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गरौं ।

You might also like

Comments are closed.