काठमाडौं । चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका कोच तथा गायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।
भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले सामाजिक संजालमा लेखेका छन्, स्वास्थमा सामान्य समस्या देखिए पछि hospital मा भर्ना हुनु भएका महागुरुहाम्रा कोच दिप श्रेष्ठलाई कोविड देखिए पछि वहाँ अहिले यो रोग सङ जुधी रहनुभको छ।
सधै हामीलाई आत्मबल दिने संगीतका जिवत धरोहरलाई कोविड सङ जुध्न सामान्य नै हुनेछ भन्ने मा हामीलाई बिश्वास छ।
वहाँ को उपचार मा अहिले सम्म खटिनु भएको चिकित्सक तथा नर्सलाई पनि धेरै धेरै धन्यवाद।साथै अहिले उपचार भैरहेको HAMS होस्पिट्ल का सम्पुर्ण सहयोगि हातहरु लाई पनि धेरै धेरै धन्यवाद।
Comments are closed.