Nepal's First Video FM

फ्लोरिडामा आकाशे पुल भत्किँदा ४ जनाको मृत्यु

884

चैत २, एजेन्सी । अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन् । आपत्‌कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसहरुलाई बाहिर निकालिरहेका छन् ।

उक्त पुलको निर्माण शनिबार पुरा भएको थियो तर त्यो पैदल यात्रुका लागि खुल्ला गरिएको थिएन । पुल किन भत्कियो भन्ने खुल्न सकेको छैन ।

प्रत्यक्षदर्शीहरूका अनुसार चारैतिर धुलोको मुश्लो उडिरहेको देखेको र कारहरूबाट मानिसहरू चिच्याइरहेको आवाज सुनेको जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार अपरान्ह दुई बजे भन्दा केही अघि मात्र उक्त ९ सय ५० टनको आकाशे पुल भत्किएर तलको सडकमा खसेको थियो । जसका कारण कैयौँ सवारी साधनहरू क्रंकिटको भग्नावशेषमा पुरिएका थिए ।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीहरूले त्यहाँ रहेको ६ लेनको मोटरबाटो सुरक्षित रुपमा काट्न सकुन् भनेर उक्त पुल बनाइएको थियो ।

बीबीसीबाट साभार

You might also like

Comments are closed.