काठमाडौं । नयाँ बजेटलाई निजी क्षेत्रले स्वागत गरेको छ । कारोनाले थला परेको निजी क्षेत्रलाई बजेटमार्फत सरकारले राहत प्याकेज अघि सारेपछि निजी क्षेत्र खुशी भएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोभिड प्रभावित उद्योग व्यवसायी तथा व्यापारीहरूलाई विशेष प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।
कोभिड–१९ को महामारीको प्रतिकूल प्रभावले गर्दा शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवर्द्धन गन र तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न भन्दै सरकारले विशेष राहत देखि सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम समेत ल्याएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष चन्द ढकालले नयाँ बजेट राम्रो भएको बताए । उनले भने, ‘पर्यटन उद्योग, स्टार्टअप उद्योग, उद्योगको घरभाडा छुट र बन्द रहेका संस्थानहरु पनि निजी क्षेत्रले सञ्चालन गर्ने भनेको छ । निजी क्षेत्रबाट हेर्दा नयाँ बजेट राम्रो छ ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले निजी क्षेत्रलाई पुनरुत्थान हुनेगरी बजेट ल्याएको बताए । उनले भने, ‘उद्योगको घरभाडा छुट, कच्चा पदार्थको भन्सार दर घटाउने र विद्युतीय यातायातलाई प्रोत्साहन गर्ने भनेको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोहरले यसभन्दा पहिले आयातमुखि बजेट आउने गरेकोमा यस वर्ष ‘मेक इन नेपाल’ को नारासहित आएकोमा स्वागत गरे ।
Comments are closed.