काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक दुई हजारले बृद्धि गरेको छ ।
बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारी कर्मचारीको तलब मासिक दुई हजारले बढेको घोषणा गरेका छन् ।
त्यस्तै, आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराइनेपनि घोषणा गरिएको छ ।
साथै, कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।
सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए । यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।
आर्थिक बर्ष २०५१/५२ मा नेकपा एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले १०० रुपैयाँका दरले बृद्धभत्ता दिन सुरु गरेका थिए ।
Comments are closed.