Nepal's First Video FM

विपक्षी गठबन्धनका नेताहरुको आह्वान, कामचलाउ सरकारलाई सहयोग नगर्नु

420

काठमाडाैँ । विपक्षी गठबन्धनले सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै भनेकाे छ, ‘सरकारका संविधान विपरितका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौँ ।’

आइतबार देउवा निवास बूढानीलकण्ठमा बसेकाे उक्त गठबन्धनका नेताहरूकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दै अघि बढेकाे र संविधान उल्लंघन गर्ने काम एकपछि अर्को गरिरहेको आरोप लगाएकाे छ ।

You might also like

Comments are closed.