Nepal's First Video FM

हरेक दिन घट्दो, आज थप ६२०५ संक्रमणमुक्त, १०९ जनाको निधन

274

काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार नाै सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा आजसम्म काेराेना भाइरसका सङ्क्रमितकाे सङ्ख्या पाँच लाख ५७ हजार एक सय २४ पुगेकाे छ ।

केही दिनयता परीक्षणकाे मात्रा पनि घटाइएकाे छ । एकै दिन झन्डै २० हजारसम्मकाे नमुना परीक्षण हुने गरेकाेमा अहिले त्यसकाे आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएकाे छ ।

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाण्डौमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या चार लाख ४० हजार नाै सय ५५ पुगेकाे छ । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नाै जनाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म सात हजार दुई सय ७२ पुगेकाे छ ।

You might also like

Comments are closed.