Nepal's First Video FM

इराकसँग फुटबल हारेपछि भने, खेलाडीलाई दोष नदिनु होला, यसको उत्तरदायी म हुँ : प्रशिक्षक अलमुताइरीको आग्रह

300

काठमाडौं, आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो।

इराकसँगको खेलमा पराजय ब्यहोरेसँग प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पराजयका लागि खेलाडीलाई दोष नदिन आग्रह गरेका छन्।

‘म नेपालका सबैलाई सरी भन्न चाहन्छु किनभने हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’, खेलपछि प्रशिक्षक अलमुताइरीले भने, ‘मात्र ११/१२ दिनको अभ्यास पछिको खेल हो। हामीलाई समय र धैर्य चाहिन्छ। कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।’

उनले खेलाडीहरुमाथि कुनै दबाब नबनाउन भनेका छन्।

‘केही समय पर्खौँ। हामी नेपालको लागि राम्रो खेल्नेछौँ। हामीले आज नेपालीलाई धेरै खुशी पार्न सकेनौँ होला। आज दुई गोल गर्‍यौँ। तीन गोल बनाएर लिड गर्नका लागि हामी धेरै नजिक थियौँ। तर, यो फुटबल हो,’ उनले भने।

रोमाञ्चक पहिलो हाफमा ४-२ ले पछि परेको नेपाल माथि इराकले थप दुई गोल गर्दै सहज जित निकालेको थियो।

रोमाञ्चक खेलको सातौं मिनेटमा नै इराकले अला अब्दुल्ला खासिनको गोलमा अग्रता बनाएको थियो। तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेल बराबरीमा ल्यायो। अन्जन विष्टको प्रहार इराकका डिफेन्डर अला अब्दुल्ला खासिनले जोगाउन खोज्दा गोल भएको थियो। विष्टको गोल गोलको सहायतामा नेपालले खेल बराबरीमा ल्याएको थियो।

त्यस्तै, २९ औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। मनिष डाँगीले डेभ्यु खेलमै गोल गर्दा नेपालले अग्रता बनाएको थियो। यद्यपि यो अग्रता धेरै समय टिक्न भने सकेन।

खेलको ३९ औं मिनेटमा मोहम्मद अब्दुलजाराले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसको अर्को मिनेटमै ऐमेन हुसैनले गोल थप्दै अग्रता दिलाए। त्यस्तै इन्ज्युरी समयमा हुसैनले नै अर्को गोल थप्दा पहिलो हाफमा नेपाल ४-२ ले पछि पर्‍यो।

दोस्रो हाफमा इराकका लागि मोहनद अली र सजाद जसिमले गोल थपेका थिए। नेपाल र इराक दुबैको लागि यो विश्वकप क्वालिफायर्सको तयारी खेल हुनेछ।

फिफा वरीयताको ६८ औं स्थानमा रहेको इराकले विश्वकप छनोट अन्तर्गतको खेलका लागि मैत्रीपूर्ण खेलहरुमा जोड दिइरहेको छ। फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात कुनै बेला विश्वकपमा समेत सहभागिता जनाइसकेको इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ।

अर्कोतर्फ विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ।

You might also like

Comments are closed.