Nepal's First Video FM

उपसभामुखको निर्वाचन आज हुने, तुम्बाहाम्फे निर्वाचित हुने प्रस्टै !

638

चैत २, प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । दिउसो एक बजेपछि बस्ने प्रतिनिधि सभाकोे बैठकमा उपसभामुखको निर्वाचन हुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्याललले जानकारी दिए ।

उपसभामुख पदमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र काँग्रेस नेतृ पुष्पा भुसालबीच प्रतिश्पर्धा हुँदैछ । सभामुखमा उम्मेदवार नदिएको कांग्रेसले राष्ट्रपति र उपसभामुखमा भने उम्मेदवारी दिएको छ ।

शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा दुवै उम्मेदवारमाथि छलफल गरिने र त्यसपछि मतविभाजन गरिने छ । यद्यपी संसदमा वाम गठबन्धनको बहुमत रहेकाले तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।

सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपा लगायतका सांसदले एमाले नेतृ तुम्बाहाम्फेको पक्षमा मतदान गर्ने भएका छन् ।

उपसभामुख पदमा एमालेबाट उम्मेदवारी दिएकी शिवमाया तुम्बाहाम्फेले ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति प्रारम्भ गरेकी हुन् ।

You might also like

Comments are closed.