काठमाडौं । नयाँ बजेटलाई निजी क्षेत्रले स्वागत गरेको छ । कारोनाले थला परेको निजी क्षेत्रलाई बजेटमार्फत सरकारले राहत प्याकेज अघि सारेपछि निजी क्षेत्र खुशी भएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कोभिड प्रभावित उद्योग व्यवसायी तथा व्यापारीहरूलाई विशेष प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।
यसैक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बजेट अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् । ‘नाडा लगायत निजी क्षेत्रले उठाउँदै आएका एजेन्डाहरु बजेटमा समावेश भएको छ,’ उनले भने, ‘नेपालकै इतिहासमा पहिलो पटक सबैभन्दा उत्कृष्ट बजेट प्रस्तुत भएको छ ।’
२० लाख रुपैयाँसम्मको व्यवसाय गर्नेलाई ९० प्रतिशत आयकर छुट, १ करोडसम्मको व्यवसाय गर्नेको ५० प्रतिशत आयकर छुट दिइनु बजेटको राम्रो पक्ष भएको दुलालले बताए । पुनर्कजा पाएका उद्योगहरुलाई ५ प्रतिशत व्याजदरमा फेरी पनि ऋण उपलब्ध गराउने, स्टार्टअप बिजनेसलाई ५ वर्षसम्म आयकर नलाग्ने, उद्योगले प्रयोग गर्ने डिजेल र ग्याँसको भ्याल क्लेम गर्न पाइने व्यवस्था हुनु राम्रो भएको दुलालले बताए ।
देशभर ५ सय वटा चार्जिङ स्टेसन बनाउने, भ्याटको खाता प्रमाणित गर्ने नियम खारेज, स्वचालित करचुक्ता प्रमाणपत्र पाउने, भन्सारमा कारोबार मूल्यमा आधारित जाँचपास हुने निर्णय पनि उत्कृष्ट भएको उनले बताए ।
साझाले सयवटा विद्युतीय गाडी तुरुन्त थप गर्ने तथा विद्युतीय गाडीलाई प्राथमिकता दिने गरी बजेट सार्वजनिक हुनु राम्रो पक्ष रहेको दुलालले प्रतिक्रिया दिए ।
Comments are closed.