Nepal's First Video FM

लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी

402

काठमाडौँ – लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनको मतदानमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका पाण्डे चार हजार १ सय ४० मतभारले विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए।

माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बन्नुभएका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १ सय २४ मतभार प्राप्त गरी जम्मा चार हजार १ सय ४० मतभार प्राप्त
गरेको कुँवरले जानकारी दिए। उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मतभार प्राप्तगरेका छन्। महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीले समर्थनमा उम्मेदवार बन्नभएका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ गरी ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको सूचना अधिकृत कुँवरले जानकारी दिए ।

बिहान ९ वजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानमा २ सय ९७ मत खसेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनका अनुसार ३ मत बदर भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै तीन वटा मतदान केन्द्रको व्यवस्था गरेको भन्दै थापाले प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख दुई वटा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको जानकारी दिए ।

You might also like

Comments are closed.