काँग्रेस प्रवक्ता विश्वप्रकाशले दिए प्रधानमन्त्री ओलीलाई जवाफ : समस्या कालो कोटमा होइन, कालो सोचमा छ
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् ।
प्रधानमन्त्रीले सोमबार युवा संघको कार्यक्रममा बोल्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेपछि विश्वप्रकाशले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् ।
शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’
‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब,’ शर्माले भनेका छन् ।
अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ?
विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ?
सम्माननिय @Pm_Nepal ब्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!! pic.twitter.com/X0WJrbNK0s
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 1, 2021
Comments are closed.