Nepal's First Video FM

घट्यो निधन हुनेको संख्या, आज कोरोना संक्रमणबाट ६८ जनाको निधन

211

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी  पछिल्लो घण्टामा देशभर ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७,१४७ जनाको पीसीआर र ३,०१८ को एन्टीजेन परीक्षणमा ६,०८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६,८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार ५२१ रहेको छ ।

You might also like

Comments are closed.