Nepal's First Video FM

सुरक्षाकर्मीले मन्त्री र सिडियोलाई छाता ओडाइदिएको फोटोमाथि आलोचना

423
अर्घाखाँची जिल्ला अस्पतालमा सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएको तस्वीर सामाजिक संजालमा भाईरल भएपछि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री र अर्घाखाँचीका जिल्ला प्रमुख अधिकारीको आलोचना शुरु भएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीमा मंगलवार सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएको तस्वीर सामाजिक संजालमा भाईरल भएपछि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भाेज प्रसाद श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको आलोचना शुरु भएको हो ।
सामाजिक संजालमा तस्वीरलाई लिएर अनेकौ टिकाटिप्पणी भएका छन् ।  सन्धिखर्क आएका मन्त्री श्रेष्ठ र  प्रमुख जिल्ला अधिकारीलाई दुई सुरक्षाकर्मीले पछाडिबाट छाता ओडाएर उभिएका छन् ।  तर अन्य उपस्थितले भने छाता बिना पानीमा रुझेर उभिएका थिए ।
जिल्ला अस्पताल अर्घाखाँचीको अवस्था बुझ्न मन्त्री श्रेष्ठ सन्धिखर्क आएका थिए । साथै उनले  अस्पतालका प्रमुख डा.कपिल गौतम, अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालसँग जिल्ला अस्पतालको पछिल्लो अवस्थ्याको बारेमा जानकारी लिएका थिए ।
उता अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर, बेड लगायत सबै स्वास्थ्य सामाग्री पर्याप्त रहेको बताइएको छ ।
शाभार: अर्घाखाँचीडट्कम
You might also like

Comments are closed.