Nepal's First Video FM

पशुपति नाथको दर्शन गर्दै, ज्येष्ठ २० गते विहीबार, हेर्नुहोस आजको राशिफल

307

आजको पञ्चाङ्ग- श्रीशाके १९४३ नेपाल सम्वत ११४१ग्रीष्म ऋतु वि.सं.२०७८ ज्येष्ठ २० गते विहीबार तद्अनुसार सन् २०२१जुन३तारिख ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि५/२८पर नवमी तिथि पूर्वाभाद्रपद नक्षत्र विषकुम्भ योग४/१४पर प्रीति योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा १६/११बजेसम्म कुम्भ त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ।काठमाडौंमा सूर्योदय बिहान५/१०मा भयो र सूर्यास्त सांझ१८/५५मा हुनेछ। अनन्तश्री राजगुरु जगद्गुरु वीरेन्द्र ९८५१००५८३२।

आजको राशिफल

मेष – ARIES (चुचेचोलालिलुलेलो-मान महत्व बढ्नेछ। घरेलु कार्यमा सफलता प्राप्त हुनेछ।धनसम्पत्ति बढ्नेछ।सुख आरोग्यता बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ।शुभ र भाग्यवद्धर्क काम बन्नेछन्।खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ। हाँस विलासमा रुचि बढ्ला।आफन्त सुख बढ्नेछ।घरपरिवारको स्थिति अनुकूलै रहला।सुख-सुविधाको वस्तु बढ्नेछन्।विकासको नयाँ सम्भावना देखापर्नेछ।आशा उत्साह थपिनेछ।

बृष – TAURUS (बाबिबुबेबो-आरोग्यता बढ्नेछ।रसरागमा आकर्षण बढ्नेछ।खेलकुद भ्रमणमा रुचि बढ्नेछ।मिठो भोजन मिल्नेछ।आयस्रोत बढ्नेछ।आर्थिक क्षेत्रमा सफलता मिल्नेछ,तर योजना बनाएर काम गर्नु पर्ला।रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ।विकासको पथ बलियो बन्ने छ।व्यापारिक क्षेत्रमा नयाँ-नयाँ सफलता मिल्नेछ। पारिवारिक सुखशान्ति पनि प्राप्त होला। आफन्तको सहयोग समर्थन मिल्नेछ।समयले साथ दिनेछ।विजयश्री प्राप्त होला। सुख-सुविधाको बस्तु बढ्नेछ।

मिथुन – GEMINI (काकिकुकेको-रसरागमा आकर्षण बढ्नेछ।बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ।व्यस्तता बढ्नेछ।मान महत्व धन-सम्पत्ति सुख-समृद्धिमा वृद्धि हुनेछ। विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला।आफन्तको सहयोग समर्थन मिल्ला। पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ।दायित्वलाई पूरा गर्नु सँगै नयाँ दायित्वको पनि  प्राप्ति होला।रोकिएको कार्य बनेर मन प्रसन्न भइहाल्नेछ।

कर्कट – CANCER (हिहुहेहोडाडिडुडेडो-ग्रहगोचर मध्यम फलदायक छ।अन्न धनमा कमिआउनेछैन।।उन्नति पदोन्नतिको काममा बिलम्बले प्रगति हुनेछ।कठोर प्रयत्नले कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ।बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ, तथापि जोखिममा नपर्नु उचित होला।

सिंह– LEO (मामिमुमेमोटाटिटुटे – शुभ र सफलता कारक छ।मिठो भोजन प्राप्त हुनेछ।यश वर्चश्व बढ्नेछ।विकासको नयाँ सम्भावना देखापर्ने छ।आशा उत्साह थपिनेछ।परिवारिक सुखशान्ति वृद्धि हुनेछ।स्वास्थयमा सुधार आउनेछ।नियम कानुनको साथ प्राप्त हुनेछ।योजना र बजेट बनाई कार्य गर्नु बेस रहला। उच्चाधिकारीहरु सँगको व्यवहारमा यस मिल्नेछ।यात्रामा सफलता प्राप्त हुनेछ।इष्टमित्रको साथ प्राप्त हुनेछ।भागदौड व्यस्तता लागिरहनेछ।

कन्या – VIRGO (टोपिपुपेपो)-समय शुभ र भाग्यवर्द्धक छ।परीश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ।साझेदारीको कार्य बन्नुको साथै नयाँ नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ। जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ।रस रागमा आकर्षण गर्नेछ। मिठोभोजन पाउनुहुनेछ। मान प्रशंसा होला। ख्याती फैलिनेछ।सुख-शान्ति बढ्ला।यात्रामा ध्यान राख्नु पर्नेछ।लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ।

तुला – LIBRA (रिरुरेरोतातितुते-ऋण रोग र शत्रुप्रति ध्यान राख्नु पर्नेछ।मिठो भोजन प्राप्त हुनेछ।साझेदारीको काम बन्नेछ।आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ।रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ।विजयश्री मिल्नुको साथै सुख-समृद्धि पनि बढ्नेछ।आलस नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस्।घरपरिवारको स्थितीमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ।मान महत्वमा कमीआउनेछैन।

वृश्चिक SCORPIO (तोनानिनुनेनोयायियु)-ऋण,रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।प्रेमको क्षेत्रमा सफलता पाउनकोलागि अत्यन्तै अनुकूल छ।मिठो भोजन मिल्नेछ।आरोग्यता बढ्ला।इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ। कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा  सफल रहनुहुनेछ। रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोद प्रमोदमा हुनेछ। आनन्द बढ्नेछ। सुख शान्तिमा बृद्धि होला। प्रेमपात्रको साथ पाइनेछ।

धनु – SAGITTARIUS (येयोभिभुफाभे-देखापरेको समस्याको समाधान मिल्नेछ। आम्दानी बढ्नेछ।यात्रा हुनेछ। भागदौड र व्यस्तता बढ्नेछ। अरूको भरमा बस्नु उचित हुनेछैन। आफ्नै बल विवेकले काम गर्नु बेस रहला। विवाद आदिका समाधान प्राप्त हुनेछ।ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्र माथि हस्ताक्षर गर्दा सचेत रहनु पर्नेछ। आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ।

मकर  CAPRICORN (भोजिखिखुखेखोगागि)-विकासको नयाँ सम्भावना देखा पर्नेछ।अाशा उत्साह बढ्नेछ।आयस्रोत बढ्ला।लगानी उठ्नेछ।यात्रामा सफलता मिल्ला। लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ। इष्टमित्रको सहयोग मिल्नेछ। नयाँ नयाँ काम बन्ला। मान महत्व वर्चस्व पर्नेछ। बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ।अन्नधन बढ्नेछ।

कुम्भ – AQUARIUS (गुगेगोसासिसुसेसो-बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ।दायित्वलाई पूरा गर्नु हुनेछ।यश वर्चश्व बढ्ला।भोजभतेरमा भाग लिनु हुनेछ। आर्थिक वार्तामा सफलता पाउनुहुनेछ। सभा र समारोहमा मान पुरस्कारको प्राप्ती होला। दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला।उच्चाधिकारीको साथ मिल्नेछ।आफन्तको सहयोग समर्थन मिल्नेछ। गौरव बढ्नेछ।

मीन – PISCES (दिदुदेदोचि)-आरोग्यता बढ्नेछ।शुभ र भाग्यवर्द्धक काम बन्नेछ।मिठो भोजन पाउनुहुनेछ। कार्य व्यापारमा पनि प्रगति होला। रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।आर्थिक पक्ष बलियो बन्ने छ।विजय पथमा अग्रसर रहिरहनु हुनेछ।सफलता र समृद्धिले पाइला चुम्नेछ।यात्रा होला।रसरागमा प्रवृत्ति बढ्नेछ।ख्याति फैलिनेछ।

 

You might also like

Comments are closed.