Nepal's First Video FM

पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङले भने- लकडाउनपछि नेपालमा रेल र पानी जहाज चल्छ

265

काठमाडौं । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  निषेधाज्ञा (लकडाउन) पछि नेपालमा रेल र पानी जहाज चल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताएका छन् ।

नेम्बाङले जनकपुर–जयनगर रेल र पानी जहाज नेपालमा चलाईने  बताए, उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’

यसैगरी केरुङ-काठमाडौ रेलमार्गबारे पनि दुई छिमेकी देशबीच सम्झौता गरिएको उनले बताएका छन् । भारत र चीन पक्षसँग रेल सञ्चालनबारे सम्झौता भएको उनले बताए ।

नेपालमा पानी जहाजको कार्यालय स्थापना भइसकेको बताउँदै अब अन्य देशमा मात्र नभएर नेपालमै पानी जहाज हुने मन्त्री नेम्बाङले बताएका छन् । उनका अनुसार पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको अवस्था छ ।

उनले भने, ‘नेपालको झन्डाको पहिचानसहित समुद्रमा नेपालले पानी जहाज सञ्चालन पाउनका निम्ति सात/आठ वटा अन्तर्राष्ट्रिय सम्मेलन (कन्भेसन)हरु छन् । रेडिफाइ गरेर संसद्बाट अनुमादोन गर्न पर्नेछ । साथै, सन्धी तथा महासन्धीहरु संसद्मा पेश गरेर छलफल गरिएको अवस्था छ । त्यसपछि झन्डाको पहिचानसहित पानी जहाज चल्न पाउनेबारे कुरालाई अघि बढाइएको छ ।’

अन्य देशमा अपुग भएको अवस्थामा नेपाल पनि नदी नालाहरु रहेको र त्यहाँ पानी जहाज सञ्चालन गर्न सकिने उनले बताएका छन् ।

You might also like

Comments are closed.