Nepal's First Video FM

एमालेले छान्यो यी ५ मन्त्रिहरु (नामावलीसहित)

527

चैत २, नेकपा एमालेले आफ्नो दलका तर्फबाट ५  मन्त्रीको नाम टुंगो लगाएको छ । शुक्रबार ४ बजे शीतल निवासमा सपथ ग्रहणको तयारी हुँदै गर्दा  एमालेले ५ मन्त्रीको नाममा  टुंगो लगाएको हो ।

एमाले स्रोतका अनुसार केपी ओली नेतृत्वको सरकारमा प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बनाउने भएको छ । यस्तै, रविन्द्र अधिकारी पर्यटन, गोकर्ण विष्ट श्रम तथा रोजगार, रघुवीर महासेठ भौतिक पुर्वाधार, जगत विश्वकर्मालाई युवा तथा खेलकुद, गोकुल बास्कोटालाई सूचना तथा सन्चार मन्त्री बनाउने निर्णय गरेको छ ।

एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरी यी नामको टुंगो लगाएका हुन् । एमालेले आफ्नो भागमा परेका अब दुई मन्त्री छान्न बाँकी छ ।

You might also like

Comments are closed.