Nepal's First Video FM

निषेधाज्ञाको बेलामा पनि ढल निर्माण कार्य धमाधम हुँदै

299

हुम्ला – निषेधाज्ञा जारी रहेको बेला सिमकोटस्थित सनभ्याली रिसोर्ट क्षेत्रमा ढलको निर्माण कार्य धमाधम भई रहेको छ । स्थानीय प्रशासनको अनुमति लिएर निषेधाज्ञामा लगातार काम गरेर ढल तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ को रलिङ होटेल देखि सनभ्याली क्षेत्रसम्मको ढलको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे निर्माण उपभोक्ता समितिको अध्यक्ष कर्कित लामाले बताउनुभयो । गत जेठ ५ गतेबाट सुरु भएको ढलको निर्माण कार्य १६ दिनमै नब्बे भन्दा बढी प्रतिशत कार्य सम्पन्न भएको र बाँकी काम पनि एक हप्ता भित्र सम्पन्न गर्ने उनले बताए ।

साठी सेन्टीमिटर चौढा र १३० मिटर लम्बाई भएको ढल स्थानीय सेवाग्राहीको उपभोक्ता समितिबाट निर्माण गरिएको हो । यसका लागि सिमकोट गाउँपालिका, लापा र सेवाग्राहीको जनश्रमदान सहित चालीस लाख लागत साझेदारीमा निर्माण कार्य भएको हो । सो क्षेत्रमा हालसम्म ढल निर्माण नभएकोले फोहर पानी जताततै बग्ने गथ्र्यो । ढलको निर्माण पनि उक्त क्षेत्र सफा हुने बिस्वास गरिएको छ ।

You might also like

Comments are closed.