काठमाडौँ । नेपालले चाइनिज ताइपेइविरुद्ध शानदार जित हासिल गरेको छ । विहिबार राति कुवेतको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको हो।
अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।
सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।
यो जितपछि नेपालको अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ । समुहमा नेपाल चौथो स्थानमा रहेको छ ।
अब नेपालले विश्वकप छनोट अन्तर्गत जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध कुवेतमै खेल्नेछ ।
Comments are closed.